
काठमाडौं । काठमाडौंको बौद्धस्थित भाट-भटेनी सुपर स्टोर असार १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
कम्पनीका अनुसार स्टोर पुनः सञ्चालनमा आएपछि ग्राहकलाई दैनिक रूपमा नियमित सेवा उपलब्ध गराइनेछ। भाट-भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले स्टोर भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिए।
उनका अनुसार ग्राहकहरूको सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा निरन्तर प्रदान गरिनेछ ।
स्टोर पुनः सञ्चालनको अवसरमा कम्पनीले सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । साथै आगामी दिनमा पनि ग्राहकहरूको साथ, सहयोग र विश्वास कायम रहने अपेक्षा व्यक्त गरेको छ ।
भाट-भटेनीले पुनः सञ्चालनसँगै ग्राहकलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal