• Menu
s

महाधिवेशनका लागि चितवन पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गरे हात्ती प्रजनन केन्द्रको निरीक्षण

नेपाल प्रफिट

२०८३ असार ८, १४:२३

महाधिवेशनका लागि चितवन पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गरे हात्ती प्रजनन केन्द्रको निरीक्षण

चितवन । प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको सोमबार निरीक्षण गरेका छन् ।

प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हुन् । खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन्।