काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज शुक्रबारका लागि १ लाख ६८ हजार एक सय रुपैयाँ निर्धारण भएको हो ।
शुक्रबार चाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला १९ सय ८० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २८६३.६३ डलरमा कारोबार भइरहेको छ ।