• Menu

लगातार तेस्रो दिन घट्यो सेयर बजार

नेपाल प्रफिट

२०८१ माघ २४, १५:२१

लगातार तेस्रो दिन घट्यो सेयर बजार

काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार  ११.६४ अंकले घटेको छ । नेप्सेमा सूचीकृत समूह राताम्य बनेपछि समग्र बजार परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ बिन्दुमा झरेको हो ।

आज १६० कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दा पनि ७४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ९ वटा कम्पनीको भने स्थिर रह्यो ।

बिहीबार कारोबार रकम भने बढेको छ । बुधबार ८ अर्ब ९५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकामा आज ९ अर्ब २४ करोडको कारोबार भयो ।

आज अपर लोहोरे हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।

सेन्ट्रल फाइनान्स ६.५१ मल्टीपर्पस फाइनान्स ५.७१, नेपाल फाइनान्स ४.९६ र सुपर माडी हाइड्रोपावर ५.७१ प्रतिशत मूल्य बढेको छ । वित्त समूह १.५८ प्रतिशत बढेको छ ।

त्यस्तै, अन्य १.०५, म्युचुअल फन्ड ०.५७, जलविद्युत ०.३८, निर्जीवन बिमा ०.४५,बैंकिङ समूह ०.३५, व्यापार ०.११, जीवन बिमा ०.१६, लघुवित्त ०.५९, उत्पादन तथा प्रशोधन ०.४०, विकास बैंक १.५३, लगानी ०.३९, होटल तथा पर्यटन समूहको ०.३७ प्रतिशत घटेको छ ।

उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ भने भुगोल इनर्जिको ७.८९ प्रतिशत घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्