काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ४.४५ अंकले घटेको छ । नेप्सेमा सूचीकृत समूह राताम्य बनेपछि समग्र बजार परिसूचक ४.४५ अंकले घटेर २७१५.९१ बिन्दुमा झरेको हो ।
आज १२२ कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दा पनि ११३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ७ वटा कम्पनीको भने स्थिर रह्यो ।
मंगलबार ८ अर्ब ९१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकामा आज ८ अर्ब ९५ करोडको कारोबार भयो ।
आज छ्याङ्दी हाइड्रोपावर, सेन्ट्रल फाइनस र उपकार लघुवित्तमा सकारात्मक सर्किट लागेको छ ।
पोखरा फाइनस ९.८१, सम्बृद्धी फाइनस ९.४६ र भुगोल इनर्जिको ९.०१ प्रतिशत मूल्य बढेको छ ।
वित्त समूह सबैभन्दा धेरै ५.६७ प्रतिशत बढेको छ भने अन्य ०.२८, म्युचुअल फन्ड ०.९०, जलविद्युत ०.०४ र निर्जीवन बिमा ०.१९ प्रतिशत बढेको छ ।
त्यस्तै, बैंकिङ समूह ०.२६, व्यापार १.४२, जीवन बिमा ०.३१, लघुवित्त ०.२६, उत्पादन तथा प्रशोधन ०.८१, विकास बैंक ०.९१, लगानी ०.२४, होटल तथा पर्यटन समूहको ०.४८ प्रतिशत घटेको छ ।
सामुदायिक लघुवित्तको र कर्पोरेट डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ ।