काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तीन जना भाग्यशाली विजेताले आई फोन १६ पाएका छन् । रुमानियाबाट पैसा पठाउने ज्ञानेन्द्रप्रसाद गजुरेल, कुवेतबाट पठाउने राजु लउपा मगर र मलेसियाबाट पठाउने थानेश्वर थापामगरले आइफोन १६ प्राप्त गरेका हुन् ।
काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्रमार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् । यससँगै यो चाडपर्व ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजनाको पहिलो चरणको मासिक उपहारअन्तर्गतको असोज, कात्तिक र मंसिरको आइफोन सिक्सटिनको विजेता छनोट भएको छ ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन र रेमिटमार्फत प्राप्त रकम उद्यमशीलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यो चाडपर्व ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना असोज २०८१ मा सार्वजनिक गरेको थियो । यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये थप ३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्न सक्नेछन् ।
दोस्रो चरणको योजनाअन्तर्गत ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना २०८१ पुसदेखि २०८२ साउनसम्म रहनेछ, जसमा तीन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् । आइएमई गरी आइएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन सक्नेछन् । आइएमईले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए । यो योजनाले डिजिटल माध्यम आइएमई पे मार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्ने पनि उनले उल्लेख गरे ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।