काठमाडौं । नेपाल सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच विस्तारित कर्जा सुविधा (ईसीएफ)का विषयमा सहमति भएको छ । सारवत जहाँको नेतृत्वको आईएमएफको टोलीले पुस २४ देखि माघ ६ सम्म नेपालको भ्रमण गरेपछि ईसीएफअन्तर्गत हुने आर्थिक सुधारको पाँचौं समीक्षामा कर्मचारी तहमा सहमति भएको हो ।
सहमतिसँगै नेपालले आईएमएफसँग लिएको ऋणको पाँचौं किस्ताबापतको ४ करोड ६ लाख अमेरिकी डलर अर्थात करिब ५ अर्ब ६० करोड रुपैयाँ पाउने निश्चित भएको छ । कर्मचारी तहमा भएको सहमति आईएमएफको कार्यकारी बोर्डले स्वीकृत गरेपछि लागू हुनेछ ।
सन् २०२२ जनवरी १२ मा आईएमएफले नेपाललाई ३९ करोड ५९ लाख अमेरिकी डलरबराबर निर्ब्याजी ऋण सुविधा दिने निर्णय गरेको थियो । त्यसैलाई ईसीएफ भनिएको छ ।