सल्यान । सल्यानको वनगाड कुपिन्डे नगरपालिका ११ की २६ वर्षीया पूर्णिमा रानामगरले पुस २४ मा दुई छोरीको हत्या गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले घरभित्रै ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेको खुलेको हो ।
सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा सल्यानकै तर भारतमा बस्ने युवकसँग प्रेम सम्बन्धमा थिइन् । उनले प्रेमीलाई आफू अविवाहित रहेको बताएकी थिइन् । प्रेमीसँगै बिहे गर्ने उनको योजना थियो । आफ्नो बिहे र छोरीहरू पनि भएको भन्नेबारे प्रेमीले थाहा नपाउन् भनेर पूर्णिमाले हत्या गरेको प्रहरीले जनाएको छ ।
यसअघि पूर्णिमाले कामको सिलसिलामा जिल्ला बाहिर बस्ने श्रीमानसँग फोनमा विवाद भएपछि आवेगमा आएर छोरीहरूको हत्या गरेको भनेर झुटो बयान दिएकी थिइन् । पूर्णिमा अहिले प्रहरीको नियन्त्रणमा छिन् ।