• Menu

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

नेपाल प्रफिट

२०८१ माघ ८, ११:३४

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा माघ १८ गते शुक्रबार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को माघ ७ को सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा  दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्