• Menu

एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी समान ३२ रुपैयाँ, अरुको कति ?

नेपाल प्रफिट

२०८१ माघ ८, ११:२७

एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी समान ३२ रुपैयाँ, अरुको कति ?

काठमाडौं । सेयर लगानीकर्ताले कम्पनी छनोट गर्ने विभिन्न आधारमध्ये प्रतिसेयर आम्दानी (ईपीएस) पनि एक मानिन्छ । त्यसकारण पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकभन्दा पनि कम्पनीका सूचकले बढी अर्थ राख्छन् ।

प्रतिसेयर आम्दानी धेरै भएको कम्पनी लगानीकर्ताको रोजाइमा पर्छ । अहिले वाणिज्य बैंकहरु अधिकांशको प्रतिसेयर आम्दानी खस्किएको छ । त्यसले वाणिज्य बैंक समूहमा लगानीकर्ताको आकर्षण कम छ ।

तर, त्यही समूहमा राम्रा कम्पनी पनि छन् । वाणिज्य बैंक समूहका १९ कम्पनीमध्ये एभरेस्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा उच्च छ । त्यसमध्ये पनि स्ट्यान्डर्ड चार्टर्डको सबैभन्दा धेरै ३२ रुपैयाँ ६७ पैसा छ भने दोस्रोमा रहेको एभरेस्टको ३२ रुपैयाँ ६ पैसा छ ।

त्यस्तै नबिल बैंकको २४ रुपैयाँ ५ पैसा छ भने एनएमबी बैंकको २१ रुपैयाँ ८२ पैसा छ । अरु सबै बैंकको २० रुपैयाँभन्दा कम छ । प्राइमको १९ रुपैयाँ २८ पैसा, सानिमाको १७ रुपैयाँ ६१ पैसा, नेपाल एसबीआईको १७ रुपैयाँ १५ पैसा, नेपाल इन्भेस्टमेन्ट मेगाको १६ रुपैयाँ ६० पैसा, ग्लोबल आइएमईको १६ रुपैयाँ २ पैसा, हिमालयनको १४ रुपैयाँ ३ पैसा, माछापुच्छ्रेको १३ रुपैयाँ ८९ पैसा, कृषि विकासको ११ रुपैयाँ ४७ पैसा र प्रभुको ११ रुपैयाँ ३५ पैसा छ ।

अरु ७ वटा वाणिज्य बैंकको प्रतिसेयर आम्दानी १० प्रतिशतभन्दा कम छ । लक्ष्मी सनराइजको ९ रुपैयाँ ५० पैसा, सिटिजन्सको ८ रुपैयाँ ९६ पैसा, सिद्धार्थको ७ रुपैयाँ ५० पैसा र नेपाल बैंकको रुपैयाँ २७ पैसा छ । एनआईसी एसिया र कुमारी बैंकको ३ प्रतिशतभन्दा पनि कम छ । कुमारी बैंकको २ रुपैयाँ १० पैसा र एनआईसी एसियाको २ रुपैयाँ ४ पैसा छ । नेप्सेमा सूचीकृत नरहेको राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्