• Menu

वैदेशिक व्यापारमा ९ प्रतिशतको बढोत्तरी

नेपाल प्रफिट

२०८१ माघ ७, २१:२८

वैदेशिक व्यापारमा ९ प्रतिशतको बढोत्तरी

काठमाडौं । वैदेशिक व्यापार ९ प्रतिशतले बढेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक व्यापार ९.२५ प्रतिशतले बढेको हो ।

गत वर्षको साउनदेखि पुससम्ममा ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको चालु आवको सोही अवधिमा ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ ।

समीक्षा अवधिमा आयात ७.०६ प्रतिशतले बढेको छ भने निर्यात ३१.७८ प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँबराबरको आयात भएकोमा चालु आवको सोही अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको आयात भएको छ ।

गत वर्ष ६ महिनामा ७४ अर्ब ९६ करोड रुपैयाँबराबरको निर्यात भएकोमा चालु आवको सोही अवधिमा ९८ अर्ब ७८ करोडको निर्यात भएको हो । व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा ६ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँबराबर व्यापार घाटा भएकोमा चालु आवको सोही अवधिमा ७ खर्ब २३ अर्ब व्यापार घाटा भएको छ ।

प्रतिक्रिया दिनुहोस्