• Menu

अब आइएमई पेबाटै किन्न पाइन्छ धरहरा भ्रमणको टिकट

नेपाल प्रफिट

२०८१ माघ ५, शनिबार ०७:०७

अब आइएमई पेबाटै किन्न पाइन्छ धरहरा भ्रमणको टिकट

काठमाडौं । अब आइएमई पेबाटै धरहरा भ्रमणका लागि टिकट किन्न पाइने भएको छ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले धरहरा भ्रमणको निम्ति टिकट भुक्तानी पार्टनरका लागि सम्झौता गरेको हो ।

नवनिर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागू गरिएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन)द्वारा सञ्चालित धरहराको वेबसाइटमार्फत सेवाग्राहीले अनलाइन टिकट खरिद गर्न सक्नेछन् । टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गर्नुपर्नेछ ।

परम्परागत वित्तीय सेवालाई डिजिटलाइज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवालाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीलाई थप लाभ प्रदान गर्दै आएको छ ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्