काठमाडौं । सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको छ ।
नेपाली बजारमा मंगलबार प्रतितोला १ लाख ५५ हजार रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज बुधबार लागि १ लाख ५५ हजार चार सय रुपैयाँ निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २६ सय ७६ डलरमा कारोबार भइरहेको छ।
बुधबार चाँदीको मूल्य पनि १० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १८ सय २० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १८ सय ३० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।