काठमाडौँ । सेयर बजार परिसूचक नेप्से लगातार छैटौं दिन बढेको छ । सन् २०२५ जनवरी १ देखि बढ्न थालेको बजारले आजसम्म निरन्तरता पाएको हो ।
गत साताको बुधबार ५.१० अंक र बिहीबार ४.६३ अंकले नेप्से बढेको थियो । यो साताको पनि चार दिन नै बढेको छ । आइतबार ५.३२ अंकले बढेको बजारमा सोमबार उच्च अंकको वृद्धि देखिएको थियो ।
सोमबार बजार ४९.१२ अंकले बढेको थियो । त्यस्तै मंगलबार ६.१६ अंक र बुधबार ६.३८ अंकले बजार बढेको छ । अंग्रेजी नयाँ वर्षयता बजार २५७६.५० अंकबाट ७६.७३ अंकले बढेर २६५३.२३ अंकमा उक्लिएको छ ।
आज ३०५ कम्पनीको एक करोड ५५ लाख दुई हजार ७७१ कित्ता सेयर ७२ हजार १२० पटक खरिद–बिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आजको कारोबारमा विकास बैंक २.५३, वित्त ४.७७, जलविद्युत् ०.२६, जीवन बिमा ०.४०, उत्पादन तथा प्रशोधन ०.४० र लघुवित्त उपसमूह १.५९ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ ।
समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी न्यादी हाइड्रोपावरको २२ करोड ५३ लाख ४९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।