• Menu

आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानी गर्दा २ हजार छुट

नेपाल प्रफिट

२०८१ पुस २, १६:५१

आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानी गर्दा २ हजार छुट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’बाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानी गर्दा २ हजार छुट सुविधा पाइने भएको छ । यसअघि सार्वजनिक १ हजार छुटको व्यवस्थालाई बढाएर कम्पनीले २ हजार रुपैयाँ बनाएको हो ।

सेवाग्राहीले २ हजार क्यासब्याक सुविधा पुस ५ सम्म प्राप्त गर्न सक्नेछन् । पहिले सार्वजनिक भएको अफरअनुसार १ हजार रुपैयाँ छुट सुविधा भने निरन्तर चलिरहनेछ  ।

नयाँ सेवामार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाएर आइएमई पे एपमार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन् । प्रयोगकर्ताले आईईएलटीएसको एकेडेमिक टेस्ट र जनरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जनरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१/ए२, बी१ को निम्ति भुक्तानी गर्न सक्नेछन् ।

आइएमई पे एपबाट आईईएलटीएस टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताले एपको होमपेजमा ‘वाट्स न्यु’ भागमा ‘आईईएलटीएस टेस्ट बुकिङ’मा गई सोधिएको विवरण भर्नुपर्नेछ ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्