• Menu

नेप्सेमा ५१ अंकको गिरावट आउँदा पनि मूल्य बढ्ने यी हुन् १५ कम्पनी

नेपाल प्रफिट

२०८१ पुस १, १७:१९

नेप्सेमा ५१ अंकको गिरावट आउँदा पनि मूल्य बढ्ने यी हुन् १५ कम्पनी

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार ५१.३७ अंकले घट्दा पनि १५ कम्पनीको सेयर मूल्य बढेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बने पनि १५ कम्पनीको सेयर मूल्य बढेको हो ।

सोमबार नेप्से ५१.३७ अंकले घटेर २६३०.९१ अंकमा ओर्लिएको छ । तर, १० जलविद्युत कम्पनी, दुई विकास बैंक, एउटा वाणिज्य बैंक, एउटा लघुवित्त र एउटा उत्पादनमूलक कम्पनीको सेयर मूल्य बढेको छ ।

मूल्य बढ्ने जलविद्युत कम्पनीमा बाराही हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, दोल्ती पावर, जोशी हाइड्रो, कुथेली बुखरी स्मल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, माउन्ट इनर्जी हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, नेसनल हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावर रहेका छन् ।

त्यस्तै उत्पादनमूलक समूहतर्फ बोटलर्स नेपाल (बालाजु) र लघुवित्ततर्फ ग्रामीण विकास लघुवित्तको सेयर मूल्य बढेको छ । विकास बैंक समूहका सप्तकोशी डेभलपमेन्ट बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंक तथा वाणिज्य बैंक समूहको स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य बढेको हो ।

सबैभन्दा बढी कुथेली बुखरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोको सेयर मूल्य ९.४0 प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्