• Menu

नेप्से ५३ अंकले घट्दा पनि ३१ कम्पनीका लगानीकर्ताले कमाए, सुपरमाईमा सकारात्मक सर्किट

नेपाल प्रफिट

२०८१ भदौ १६, आइतबार १७:१३

नेप्से ५३ अंकले घट्दा पनि ३१ कम्पनीका लगानीकर्ताले कमाए, सुपरमाईमा सकारात्मक सर्किट

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा करिब २ प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ अंकमा झरेको छ ।

बजार उच्च अंकले घट्दा पनि ३१ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सुपरमाई हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.८७ प्रतिशत र कुथेली बुखरीको ८.७३ प्रतिशतले बढेको छ । साम्लिङ पावर, अप्पर हेवाखोला, गुडविल फाइनान्स, छ्याङ्दी हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंकलगायतका कम्पनी पनि कमाउनेको सूचीमा छन् ।

आज ३३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर एक लाख ३० हजार ६३२ पटक खरिद–बिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

म्युचुअल फन्ड ०.८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह ३.४४, होटल तथा पर्यटन २.९८ र बैंकिङ २.३४ प्रतिशतले घटेको छ ।

त्यसैगरी, विकास बैंक १.८५, जलविद्युत् २.४०, लगानी १.३३, जीवन बिमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, लघुवित्त १.८८, निर्जीवन बिमा १.२३, व्यापार ०.१९ र अन्य समूह १.०४ प्रतिशतले बढेको छ ।

आज सुपरमाई हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनी र माईखोला हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्सको ५२ करोड ३१ लाख १० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डको आठ लाख चार हजार आठ सय कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्