वासिङ्टन डिसी । नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको अमेरिकी सहयोग नियोग यूएसएआईडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएकी छन् ।
नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार यूएसएआईडीको मुख्यालय डीसीमा उनको शपथ गराएकी छन् । कार्यक्रममा नेपाली दूतावासका तर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाएका थिए ।
उक्त अवसरमा खरेलले यूएसएआईडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षका बारेमा स्मरण गरिन् ।