• Menu
s

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, आजै राति मतपरिणाम आउने

नेपाल प्रफिट

२०८३ असार ११, १८:०३

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, आजै राति मतपरिणाम आउने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी पदाधिकारी पदको फारम वितरण तथा दर्ता आज साँझ ६:३० बजेदेखि ७:०० बजेसम्म हुनेछ ।

आयोगकका प्रमुख भुवन केसीले पार्टीको पदाधिकारीमा उम्मेदवारी दिनेको प्रारम्भिक नामावली साँझ ७:३० बजे प्रकाशित गर्ने जानकारी दिनुभयो । यसैगरी, ७:३० बजेदेखि साँझ ८:०० बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध, साँझ ८:१५ बजेसम्म पदाधिकारीविरुद्ध परेको दाबी विरोधविरुद्ध जाँचबुझ गरिने र उम्मेदवारले नाम फिर्ता लिने समय साँझ ८:३० बजेसम्म तोकिएको छ ।

पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन साँझ ८:४५ बजे, मौन अवधि राति ८:५ बजेदेखि राति ९:१५ बजेसम्म, मतदान राति ९:१५ देखि राति १२:१५ बजेसम्म हुनेछ ।

यस्तै, मतगणना राति १२:१५ बजेदेखि १:१५ बजेसम्म गरिनेछ भने राति १:३० बजे मतपरिणाम घोषणा गरिने तालिकामा उल्लेख छ ।

रास्वपाको गत आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा चलिरहेको छ ।

सम्बन्धित समाचार