• Menu

मोटरसाइकलको सिट कभरभित्र लुकाएको २० लाख बरामद, भन्सार एजेन्टको परिचयपत्र भएका व्यक्ति समातिए

नेपाल प्रफिट

२०८२ चैत ६, शुक्रबार १७:२३

मोटरसाइकलको सिट कभरभित्र लुकाएको २० लाख बरामद, भन्सार एजेन्टको परिचयपत्र भएका व्यक्ति समातिए

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक जनालाई वीरगन्जबाट पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले आज वीरगन्ज महानगर-१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार विनय शंकर साह तुरहालाई सो परिमाणको रकमसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी मोहन निरौलाका अनुसार मोटरसाइकलमा सवार तुरहाले मोटरसाइकलको सिटकभरमा सो रकम लुकाएर राखेका थिए ।

बरामद भएको रकमसहित तुरहालाई थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ती व्यक्तिबाट वीरगन्ज भन्सार एजेन्ट संघ पर्सा लेखिएको परिचयपत्र समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्