• Menu

झापामा थपिए ७१७ नयाँ घरेलु तथा साना उद्योग, ८ महिनामा १ करोड ३५ लाख राजस्व संकलन

नेपाल प्रफिट

२०८२ चैत ६, शुक्रबार १५:११

झापामा थपिए ७१७ नयाँ घरेलु तथा साना उद्योग, ८ महिनामा १ करोड ३५ लाख राजस्व संकलन

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा सात सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ ३१६ र वाणिज्यतर्फ ४०१ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ६३५ र वाणिज्यतर्फ ६२७ उद्योग नवीकरण गरिएका छन् ।

सूचना अधिकारी तिम्सिनाका अनुसार जिल्लामा चालु आवको पहिलो आठ महिनामा उद्योगतर्फ एक सय २५ र वाणिज्यतर्फ ८८ गरी दुई १३ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, ३३ उद्योग नामसारी, २३ उद्योगको नाम परिवर्तन तथा ३९ उद्योगले उद्देश्य थपेका छन्  । कार्यालयमा आएर उद्योग बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका उनले बताए ।

कार्यालयले  चालु आवका आठ महिनामा विभिन्न शीर्षकमा एक करोड ३५ लाख ५९ हजार आठ सय राजस्व संकन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्