• Menu

सुनसरीमा पिकअप गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

नेपाल प्रफिट

२०८२ चैत ५, १५:४२

सुनसरीमा पिकअप गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

सुनसरी । सुनसरी रामधुनी नगरपालिका-५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामधुनी-३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा खतिवडाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

सोही दुर्घटनामा इटहरी-१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको विराटनगरमा उपचार भइरहेको प्रहरीले  जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत रामधुनीनगरपालिका-५ स्थित लगुना मोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तरकारी बोकेको पिकअप गाडीले ठक्कर दिएको थियो ।

गाडी र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्