
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधि सभा सदस्य डोल प्रसाद (डीपी) अर्याल, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनको भक्तपुरस्थित गुण्डु निवासमा पुगेका छन् ।
पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न उपसभापति अर्याल निवासमै पुगेका हुन् । सो अवसरमा उनले दिवंगत ओलीका पिता मोहन प्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै, उनले शोकसन्तप्त ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal