
काठमाडौं । मञ्जुश्री फाइनान्सले ग्लोबल मनी विक २०२६ को सुरुवात चितवन क्लस्टरका शाखामार्फत प्रभातफेरि कार्यक्रमबाट गरेको छ । विश्वभरि नै मनाइने ग्लोबल मनी विकको सप्ताहमा मञ्जुश्री फाइनान्सले सम्पूर्ण शाखाबाट कार्यक्रम आयोजना गरेको जानकारी गराएको छ ।
ग्लोबल मनी विक २०२६ को मूल आधार स्मार्ट मनी टक्स भन्ने अभिप्रायलाई लिएर विभिन्न संघसंस्था तथा युवालाई मध्यनजर गर्दै विभिन्न स्कुल तथा कलेजमा कार्यक्रमको व्यवस्था गरिनेछ ।
हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २० अर्ब ६ करोड कर्जा प्रवाह गरेको मञ्जुश्री फाइनान्सले २८ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका १ लाख ८ ७ हजारभन्दा बढी ग्राहक छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal