
काठमाडौं । एभरेष्ट बैंकले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । बैंकले ‘एभरेस्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ जारी गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोडबराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशतका दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६-६ महिनाको अवधिमा हुनेछ ।
सम्झौतामा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी सनराइजका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal