• Menu

९ करोड २ लाखको लागतमा फलेवास नगरपालिकाको ४२ कोठे सुविधासम्पन्न भवन निर्माण

नेपाल प्रफिट

२०८२ चैत ४, बुधबार १०:४०

९ करोड २ लाखको लागतमा फलेवास नगरपालिकाको ४२ कोठे सुविधासम्पन्न भवन निर्माण

पर्वत । संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ ।

नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास-५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो ।

रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिँदै यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्