
काठमाडौं । सामसङले नयाँ प्रिमियम वायरलेस इयरबड सामसङ ग्यालेक्सी बड्स४ प्रो सार्वजनिक गरेको छ । उन्नत अडियो प्रविधि, एआई-सञ्चालित फिचर तथा ग्यालेक्सी इकोसिस्टमसँग सहज कनेक्टिभिटी प्रदान गर्ने उद्देश्यका साथ ल्याइएको यो इयरबडले प्रयोगकर्तालाई अझ इमर्सिभ र स्मार्ट अडियो अनुभव दिने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी बड्स४ प्रो मा नयाँ डिजाइन गरिएको दुईवटा स्पिकर सिस्टम समावेश गरिएको छ, जसले स्पष्ट हाई नोट्स तथा सन्तुलित मिड्स प्रदान गर्छ । यसमा उच्च-रिजोलुसन अडियो सपोर्ट भएकाले संगीत, चलचित्र तथा कलहरू अझ स्पष्ट र प्राकृतिक रूपमा सुन्न सकिने कम्पनीको दाबी छ । साथै, लामो समयसम्म आरामदायी प्रयोगका लागि एर्गोनोमिक डिजाइन पनि समावेश गरिएको छ ।
ग्यालेक्सी बड्स४ प्रो मा सुधारिएको एडप्टिभ एक्टिभ न्वाइज क्यान्सलेसन सुविधा राखिएको छ, जसले वरिपरिको आवाजलाई पहिचान गरेर स्वतः न्वाइज कम गर्ने स्तर समायोजन गर्छ । यसले यात्रामा, काम गर्दा वा आरामको समयमा पनि अवरोधविहीन अडियो अनुभव प्रदान गर्ने बताइएको छ ।
नेपालमा ग्यालेक्सी बड्स४ प्रो ब्ल्याक र ह्वाइट रंगमा उपलब्ध हुनेछ, जसको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ग्यालेक्सी बड्स४ प्रो को मूल्य २४ हजार ७९९ रुपैयाँ निर्धारण गरिएको छ । ग्राहकले सामसङ ग्यालेक्सी एस२६ सिरिजसँगै खरिद गर्दा ग्यालेक्सी बड्स४ प्रोलाई २४ महिनाको ईएमआई योजनाअन्तर्गत पनि लिन सक्ने कम्पनीले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal