काठमाडौं । याडियाका इलेक्ट्रिक स्कुटर प्रयोगकर्तालाई लक्षित गर्दै काठमाडौंको नागपोखरीमा नयाँ ‘याडिया केयर’ सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले ग्राहकलाई अझ प्रभावकारी ‘आफ्टर-सेल्स’ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा केन्द्र सुरु गरेको हो ।
काठमाडौंको केन्द्रीय क्षेत्रमा स्थापना गरिएको यस सेवा केन्द्रमार्फत याडिया स्कुटर प्रयोगकर्ताले छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा प्राविधिक सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सेवा केन्द्र सञ्चालनमा आएपछि विशेषगरी राजधानीको मध्य क्षेत्रमा बसोबास गर्ने तथा काम गर्ने ग्राहकलाई सेवा लिन अझ सहज हुने अपेक्षा गरिएको छ । आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको उक्त केन्द्रले स्कुटरको नियमित जाँच, मर्मत तथा अन्य प्राविधिक सेवाहरू उपलब्ध गराउनेछ ।
याडियाले पछिल्ला वर्षहरूमा विश्व बजारमा निरन्तर अग्रस्थान कायम राख्दै आएको कम्पनी हो । याडियाका विभिन्न मोडेलहरू नेपाली बजारमा पनि विस्तारै लोकप्रिय बन्दै गइरहेका छन् । विशेषगरी याडिया भेलक्स, याडिया ओविन तथा याडिया इएस प्रो मोडेलले नेपाली उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ ।
कुजु नेपालका अनुसार नागपोखरीमा सेवा केन्द्र सञ्चालन गर्नु ग्राहक सेवाको पहुँच विस्तार गर्ने र याडिया प्रयोगकर्तालाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धताको हिस्सा हो । कम्पनीले आगामी दिनमा देशका अन्य प्रमुख सहरमा पनि ‘याडिया केयर’ सेवा केन्द्र विस्तार गर्ने योजना रहेको जनाएको छ ।