• Menu

नेपाली बजारमा सीएफ मोटोको ‘२५० डुअल ईएफआई’ सार्वजनिक, कति पर्छ मूल्य ?

नेपाल प्रफिट

२०८२ फागुन २९, शुक्रबार ११:१७

नेपाली बजारमा सीएफ मोटोको ‘२५० डुअल ईएफआई’ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालको लागि सिएफ मोटोको आधिकारिक तथा एक मात्र वितरक ऋषि ट्रेड सेन्टरले भव्य कार्यक्रमका बीच बहुप्रतीक्षित सिएफ मोटो २५० डुअल ईएफआई मोटरसाइकल सार्वजनिक गरेको छ । मोटरसाइकल पारखी, चर्चित बाइकर, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा सीएफ मोटोको अन्तर्राष्ट्रिय टोलीका प्रतिनिधिको उपस्थितिमा २५० डुअल ईएफआई सार्वजनिक गरिएको हो ।

कार्यक्रममार्फत एड्भेन्चर शैलीका प्रवेश स्तरका मोटरसाइकलमध्ये निकै प्रतीक्षित मानिएको सीएफ मोटो २५० डुअल ईएफआईलाई नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थितिले नेपाली बजारप्रति कम्पनीको प्रतिबद्धता झल्किएको पनि बताइएको छ ।

कम्पनीका प्रतिनिधिले नेपालका विभिन्न प्रकारका सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यो मोटरसाइकलले प्रदर्शन, टिकाउपन र बहुउपयोगिताको सन्तुलन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । यो मोटरसाइकल सामान्य सडक तथा अफरोड दुवै प्रकारको यात्राका लागि उपयुक्त हुने गरी परम्परागत सीमाभन्दा बाहिर साहसिक यात्रा खोज्ने चालकहरूका लक्षित गरेर तयार गरिएको कम्पनीले जनाएको छ ।

यस मोटरसाइकलमा २४९ सीसी क्षमताको एक सिलिन्डर इन्धन इन्जेक्सन प्रणाली भएको इन्जिन जडान गरिएको छ । यसले राम्रो शक्ति र इन्धन दक्षता प्रदान गर्नुका साथै इलेक्ट्रोनिक फ्युल इन्जेक्सन प्रणालीका कारण थ्रोटल प्रतिक्रिया सहज हुने र इन्धन खपत कम हुने कम्पनीको दाबी छ ।

मोटरसाइकलमा सहरका सडकदेखि अप्ठेरा बाटोसम्म सहज रूपमा चलाउन सकिने ’डुअल पर्पोज’ डिजाइन रहेको छ । २४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त मानिएको छ । यसमा डिस्क ब्रेक र उन्नत ब्रेक प्रणाली जडान गरिएको छ, जसले सवारी सुरक्षामा सहयोग पुर्‍याउने बताइएको छ । सीएफ मोटो २५० डुअल ईएफआईको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रिन र टुन्ड्रा ग्रे गरी तीन रङमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्