• Menu

प्रतिकूल मौसमका कारण रेसुंगा विमानस्थलमा उडान प्रभावित

नेपाल प्रफिट

२०८२ फागुन २८, १३:१५

प्रतिकूल मौसमका कारण रेसुंगा विमानस्थलमा उडान प्रभावित

गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ ।

एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत आइतबार र मंगलबारको उडान अवरुद्ध बनेको रेसुंगा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

निगमले उडान तालिकामा परिवर्तन गरेसँगै रेसुंगा विमानस्थलबाट आइतबार, मंगलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ ।  निगमका हाल तीन वटा मात्र ‘ट्वीनअटर’ जहाज रहेको र उक्त जहाजहरु समय समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाज अभावमा उडान तालिकामा परिवर्तन गरेको जनाएको छ ।

हाल काठमाडौंबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीदेखि काठमाडौंका लागि सात हजार ३०० भाडादर निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्