
काठमाडौं । भारतमा लगातार १० वर्षदेखि सबैभन्दा धेरै बिक्री हुँदै आएको १२५ सीसी क्षमताको स्कुटर सुजुकी एक्सेस १२५ नेपाली बजारमा सार्वजनिक हुने भएको छ । सुजुकी एक्सेस १२५ का केही एकाइ हालै नेपाल भित्रिसकेको र चाँडै औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी भएको भिजी अटो मोबाइल्सले जनाएको छ ।
भारतमा निकै लोकप्रिय मानिने एक्सेस १२५ भरपर्दो कार्यक्षमता, सहज र स्मुथ इन्जिन तथा राम्रो इन्धन बचतका कारण प्रयोगकर्तामाझ विशेष रुचाइने स्कुटर मानिन्छ । यसमा जडान गरिएको १२४ सिसी क्षमताको इन्जिनले राम्रो शक्ति उत्पादनसँगै इन्धनको किफायती प्रयोग सुनिश्चित गर्ने भएकाले दैनिक प्रयोगका लागि उपयुक्त छ ।
यस स्कुटरमा आरामदायी सिट, हल्का तौलको बनावट, सहज सञ्चालन, ठूलो सिटमुनि भण्डारण स्थललगायतका विशेषता छन्, जसले गर्दा यो प्रयोगकर्ताका लागि झन् आकर्षक बनेको छ । साथै, सन् २०२६ मा आयोजित एसर फास्टर अवार्डमा सुजुकी एक्सेस १२५ ले ‘वर्षको उत्कृष्ट स्कुटर’ उपाधिसमेत जितिसकेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal