• Menu

इनड्राइभद्वारा ८० उत्कृष्ट ड्राइभर-पार्टनर सम्मानित : ‘विश्वासको सम्मान’ कार्यक्रम सम्पन्न

नेपाल प्रफिट

२०८२ फागुन २८, ११:२४

इनड्राइभद्वारा ८० उत्कृष्ट ड्राइभर-पार्टनर सम्मानित : ‘विश्वासको सम्मान’ कार्यक्रम सम्पन्न

काठमाडौं । ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड : विश्वासको सम्मान’ कार्यक्रम आयोजना गरिएको छ । क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको विश्वास, समर्पण र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ ।

उक्त साँझ आयोजना गरिएको औपचारिक सम्मान समारोहमा इनड्राइभ प्लेटफर्ममा दीर्घकालीन प्रतिबद्धता र उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर पार्टनरहरूलाई विशेष रूपमा सम्मान गर्न विभिन्न ड्राइभर पार्टनरहरूलाई एकै ठाउँमा ल्याइएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले उपस्थित सबैलाई स्वागत गर्दै ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवाड्र्स : विश्वासको सम्मान’ कार्यक्रमको महत्वबारे प्रकाश पारिन् । उनले यो कार्यक्रम ड्राइभर-पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको बताइन्, जुन नेपालमा इनड्राइभका सेवाहरू सञ्चालन हुने मुख्य आधार भएको बताइन् ।

अवार्ड वितरण समारोह विशेष अतिथि प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । समारोहमा सुनिता जीमी राई, योक्ष द्वि आद्रियान्तो र अनास्तासिया तेरेन्तिएभाले संयुक्तरूपमा विभिन्न विधामा विजेताहरूलाई सम्मान प्रदान गरेका थिए ।

कुल ८० जना ड्राइभर-पार्टनरहरूलाई उनीहरूको व्यावसायिकता, विश्वसनीयता तथा काठमाडौंमा सहरी यातायातलाई सुदृढ बनाउन गरेको योगदानका लागि सम्मान गरिएको थियो । कार्यक्रमको समापन सत्रमा एपीएसीका ड्राइभर्स मार्केटिङ लिड योक्षा द्वि एड्रियान्टोले दीर्घकालीन प्लेटफर्म दिगोपनाका लागि सम्मान-आधारित संलग्नताको महत्वमा जोड दिए ।

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड : विश्वासको सम्मान’ जस्ता पहलमार्फत इनड्राइभ नेपालले केवल संख्यामा आधारित प्रदर्शन मात्र होइन, इमानदारी, विश्वास र उत्कृष्ट सेवा जस्ता मूल्यहरूलाई पनि सम्मान गर्दै आएको छ, जसले नेपालमा प्लेटफर्मको विकासलाई परिभाषित गर्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्