• Menu

लागुऔषधसहित ३ जना पक्राउ

नेपाल प्रफिट

२०८२ फागुन २७, बुधबार ११:२८

लागुऔषधसहित ३ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका-११ रतनपुरबाट१२ किलो २३० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका-१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका-९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन् ।

यसैगरी, भरतपुर महानगरपालिका-१८ लाहुरेचोकबाट चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित सोही महानगरपालिका-२३ का २९ वर्षीय सोम पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनीहरूलाई मंगलबार  पक्राउ गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्