• Menu

समानुपातिकतर्फ एक करोड ७ लाख मतगणना : रास्वपा ५१ लाख मतसहित पहिलो स्थानमा

नेपाल प्रफिट

२०८२ फागुन २७, बुधबार १०:५०

समानुपातिकतर्फ एक करोड ७ लाख मतगणना : रास्वपा ५१ लाख मतसहित पहिलो स्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३५ हजार ५६७ मत गणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान १०:४५ सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ४१२, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख ४ हजार १७१, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५९४, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४६६ मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३१४, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७, जनमत पार्टीले ७८ हजार ९९३ प्राप्त गरेको छ । मतगणना जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्