• Menu

सेयर बजार ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार

नेपाल प्रफिट

२०८२ फागुन २६, १६:०९

सेयर बजार ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ को बिन्दुमा कायम भएको छ । यो १.११ प्रतिशतको गिरावट हो ।

आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर दुई करोड पाँच लाख ६११ पटक खरिद-बिक्री हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा जीवन बिमा ०.५१, म्युचुअल फन्ड १.३४ र निर्जीवन बिमा ०.४७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १.२७, विकास बैंक १.१६, वित्त २.०६, होटल तथा पर्यटन १.८५, जलविद्युत १.४५ र लगानी समूह १.४८ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन १.८२, लघुवित्त ०.१७, व्यापार २.१२ र अन्य समूह १.४० प्रतिशतले घटेको छ ।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको एक अर्ब ९ करोड ७३ लाख ५५ हजार १५७ बराबरको २४ लाख ९ हजार ९८९ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्