
काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८४ लाख ९३ हजार ८६० मत गणना भएको छ ।
निर्वाचन आयोगबाट प्राप्त तथ्यांक अनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४१ लाख १७ हजार २७८ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १३ लाख ८१ हजार ३४२, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ६५ हजार १५, नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ३ हजार ७८५ , श्रम संस्कृति पार्टीले दुई लाख ९७ हजार ५६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ८० हजार ४५८ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal