• Menu

छानबिन आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भनिन्- ‘सत्यतथ्य बाहिर ल्याउँछौँ’

नेपाल प्रफिट

२०८२ फागुन २४, १३:३५

छानबिन आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भनिन्- ‘सत्यतथ्य बाहिर ल्याउँछौँ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगिने बताएकी छन् ।

उक्त आयोगको प्रतिवेदन ग्रहण गरेपछि उनले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताइन् ।

प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक पनि गर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गछौँ यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौ ।’ उनले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गरिन् ।

साथै प्रधानमन्त्री कार्कीले आयोगका अध्यक्ष एवं सदस्यहरूले गरेको मेहनतको सराहना गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्