• Menu

सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९०० पुग्यो, चाँदी पनि महँगियो

नेपाल प्रफिट

२०८२ फागुन २४, ११:४३

सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९०० पुग्यो, चाँदी पनि महँगियो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा तीन हजार ५०० र चाँदी प्रतितोला ३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४७५ निर्धारण भएको छ ।

शुक्रबार एक तोला सुन तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४४५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्