
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतान्तरसहित अग्रता कायम गरेका छन् ।
जारी मतगणनाको पछिल्लो विवरणअनुसार शाहले ४२ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् । उनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ११ हजार ४ सय २७ मत ल्याएका छन् ।
यसैगरी, नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरियाले १ हजार २ सय २ मत प्राप्त गरेकी छन् भने नेकपाका उम्मेदवार रञ्जित तामाङले ९ सय ९६ मत पाएका छन् ।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal