
काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार महर्जनले २३ हजार ३ सय ७३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबराले १३ हजार ५ सय २० मत ल्याएका छन् । यससँगै महर्जनले जबरालाई झन्डै १० हजार मतान्तरले पराजित गरेका छन् ।
यस क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार चेतनाथ सञ्जेल ६ हजार ५ सय ४६ मतसहित तेस्रो स्थानमा रहे । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले १ हजार ९ सय ६४ मत प्राप्त गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal