• Menu

दैलेख १ मा कांग्रेसकी बासना थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

नेपाल प्रफिट

२०८२ फागुन २३, शनिबार ०८:५२

दैलेख १ मा कांग्रेसकी बासना थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

दैलेख । दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको  अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । सो निर्वाचन क्षेत्रमा ७९ हजार ७०१ मतदाता थिए ।

निर्वाचन अधिकृत पाण्डेका अनुसार निर्वाचनमा रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१, नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६, राप्रपाका रणबहादुर सिंहले ५९८, नेमकिपाका जगतबहादुर ओलीले ३०२, नेकपा माओवादीका रामलाल विश्वकर्माले २३५, राजमाका नरबहादुर सिंहले ९१, स्वतन्त्र उम्मेदवार लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीका मेनुका श्रेष्ठले १६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्