• Menu

चितवन २ मा रास्वपा सभापति लामिछाने पहिलेभन्दा बढी मत ल्याएर विजयी

नेपाल प्रफिट

२०८२ फागुन २३, शनिबार ०८:०९

चितवन २ मा रास्वपा सभापति लामिछाने पहिलेभन्दा बढी मत ल्याएर विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् ।

यस्तै नेकपा (एमाले)का अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले चार हजार ४६९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।

लामिछानेले यसअघि २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए भने कांग्रेसका उम्मेदवारले ११ हजार २१४ र एमालेका उम्मेदवारले १० हजार ९३६ मत पाएका थिए ।

यस निर्वाचन क्षेत्रमा कुल एक लाख ३७ हजार १५२ मतदाता भएकामा मत ८७ हजार २२१ खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्