• Menu

काठमाडौं-१ मा रास्वपाकी न्यौपाने विजयी

नेपाल प्रफिट

२०८२ फागुन २२, शुक्रबार १२:१९

काठमाडौं-१ मा रास्वपाकी न्यौपाने विजयी

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए ।

कांग्रेसका थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरे । सो क्षेत्रमा २९ हजार ७७४ मत खसेकामा २९ हजार ८२ सदर र ६९२ मत बदर भएको थियो ।

न्यौपानेको राजनीतिक पृष्ठभूमिः

वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय भएकी नेत्री न्यौपाने निर्वाचन अघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गरेकी थिइन् ।

यसअघि २०७४ मा उनी २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको प्रमुखको प्रत्यासी थिइन् । उनी विवेकशील साझा पार्टीकी पूर्वमहासचिवसमेत थिइन् । उनले राजनीतिशास्त्र  र परामर्श मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् ।

महिला हिंसाविरुद्ध स्पष्ट र सशक्त आवाज उठाउँदै आएकी न्यौपानेले थेम्स कलेजमा अध्यापक र निकोलसन इन्टरनेसनल कलेजमा अतिथि प्राध्यापकको भूमिकासहित सामाजिक शिक्षा विषय विशेषज्ञका रुपमा अनुभव बटुलेकी छन् ।

सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षधर उनी सामाजिक अभिन्ताका रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्