
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले अग्रता तेब्बर पारेका छन् । प्रारम्भिक मतगणनाअनुसार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीभन्दा बालेनले तेब्बरभन्दा बढी मतले अग्रता लिएका हुन् ।
ताजा मत परिणामअनुसार बालेनले १ हजार ४७८ मत प्राप्त गर्दा ओलीले ३८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १३९ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९, कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal