• Menu

३४ स्थानको मतगणना सुरु हुँदा रास्वपा २९ स्थानमा अगाडि, कहाँ कसलाई अग्रता ?

नेपाल प्रफिट

२०८२ फागुन २२, शुक्रबार ०७:१४

३४ स्थानको मतगणना सुरु हुँदा रास्वपा २९ स्थानमा अगाडि, कहाँ कसलाई अग्रता ?

काठमाडौं । देशभरका ३४ स्थानमा मतगणना सुरु भएको छ । बिहीबार निर्वाचन सकिएपछि सर्वदलीय बैठक बसेर रातिबाटै कतिपय स्थानमा गणना सुरु भएको हो ।

हालसम्मको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २९ स्थानमा अगाडि छ । त्यस्तै नेपाली कांग्रेस ४ तथा नेकपा (एमाले) १ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

रास्वपाले अग्रता लिएका क्षेत्र

विराजभक्त श्रेष्ठ – काठमाडौं ८

सन्तोष राजवंशी – मोरङ ४

रुकेश रञ्जित – भक्तपुर १

मनिष झा – धनुषा ३

शिशिर खनाल – काठमाडौं ६

यज्ञमणि न्यौपाने – मोरङ १

गणेश धिमाल – बारा १

देवराज पाठक – दाङ १

दिपकराज बोहरा – कञ्चनपुर २

डा. लेखजंग थापा – रूपन्देही ३

आशा झा – मोरङ ५

प्रमोदकुमार महतो – महोत्तरी १

रवि लामिछाने – चितवन २

सोविता गौतम – चितवन ३

बालेन्द्र शाह (बालेन) – झापा ५

जनकसिंह धामी – कञ्चनपुर १

ज्ञानेन्द्रसिंह महता – कञ्चनपुर ३

खड्कराज पौडेल – कास्की १

गणेश पराजुली – काठमाडौं ७

धनञ्जय रेग्मी – स्याङ्जा १

पुकार बम – काठमाडौं ४

प्रदीप विष्‍ट – काठमाडौं १०

बिना गुरुङ – कास्की ३

रञ्जु दर्शना न्‍यौपाने – काठमाडौं १

राजीव खत्री – भक्तपुर २

सस्मित पोखरेल – काठमाडौं ५

सुनिल केसी –  काठमाडौं २

सुरेशकुमार चौधरी – बाँके १

सुलभ खरेल – रूपन्देही २

नेपाली कांग्रेसले अग्रता लिएका स्थान

उदयशमशेर जबरा – ललितपुर १

अभिषेकप्रताप शाह – कपिलवस्तु ३

भरतराज ढकाल – स्याङ्जा १

माधवप्रसाद बास्तोला – कास्की २

नेकपा एमालेले अग्रता लिएका स्थान

मोहम्मद इश्तियाक राई – बाँके २

प्रतिक्रिया दिनुहोस्