• Menu

मध्यपूर्वको तनावपछि अस्ट्रेलिया र न्युजिल्यान्डद्वारा सैन्य विमानबाट नागरिकको उद्धार तीव्र

नेपाल प्रफिट

२०८२ फागुन २१, १४:४६

मध्यपूर्वको तनावपछि अस्ट्रेलिया र न्युजिल्यान्डद्वारा सैन्य विमानबाट नागरिकको उद्धार तीव्र

एजेन्सी । अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकसस्मिक योजनाको रूपमा मध्य पूर्वमा दुइ वटा सैन्य विमान तैनाथ गरी नागरिक उद्वारमा तल्लिन रहेको अधिकारीहरूललाई यदृत गर्दै एएफपीले जनाएको छ ।

अमेरिका-इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किय पछि यस हप्ता विभिन्न देशहरूले मध्यपूर्वबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन् ।

अस्ट्रेलियाले आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको योजनाको अनुरूपमा मध्य पूर्वमा विमान तैनाथ तथा यातायात सुविदा प्रवाह  गरेको अधिकारीहरूलाइ उदृत गर्दै एएफपीले जनाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजलेसमेत  बिहीबार संसदमा मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गरेका छन् ।

उनले अस्ट्रेलियालीहरूलाई मद्दत गर्न खतरनाक अवस्थामा यो कदम उठाउने अस्ट्रेलियालीहरूलाई धन्यवाद दिएका छन् ।

यस अघि बुधवार पहिलो उडान  दुबईबाट सिड्नीमा भएको जनाउदै अस्ट्रेलियाले यस क्षेत्रमा  एक लाख १५ हजार नागरिक रहेको बताएको छ ।

न्युजिल्यान्डले पनि यस क्षेत्रबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको लागि  बिहीबार मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथीको आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्