काठमाडौं । मेटलाइफ नेपालले देशव्यापी पहुँच विस्तार गर्ने क्रममा गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको चन्द्रौटामा एजेन्सी कार्यालय स्थापना गरेको छ । विश्वसनीय बिमा सुरक्षा सेवा देशभर सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ ।
स्याङ्जा र चन्द्रौटामा सेवा विस्तारसँगै अब त्यहाँका ग्राहकले बिमासम्बन्धी परामर्श, व्यावसायिक सहयोग तथा सहज सेवा सुविधा लिन टाढाका सहर धाउनुपर्ने आवश्यकता हट्ने भएको छ । स्याङ्जा र चन्द्रौटा कार्यालयले बीमा परामर्श, प्रस्ताव दर्ता सहयोग, प्रिमियम संकलन तथा ग्राहक सेवा सहयोगलगायतका सम्पूर्ण बीमा सेवा प्रदान गर्नेछन् ।
मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले एजेन्सी कार्यालय विस्तारमार्फत थप नेपालीलाई आत्मविश्वासी भविष्य निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘विश्वसनीय बिमा समाधानमा सहज पहुँच हुँदा स्थानीय समुदायले निर्णय लिन र आर्थिक रूपमा अझ सबल बन्न सक्ने हाम्रो विश्वास छ,’ उनले भने ।