• Menu

सुनको भाउ एकैदिन तोलामा ११ हजारले घट्यो

नेपाल प्रफिट

२०८२ फागुन २०, बुधबार ११:२३

सुनको भाउ एकैदिन तोलामा ११ हजारले घट्यो

काठमाडौं । स्थनीय बजारमा  बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला ११ हजार रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला पाँच हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार पाँच सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ७५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्