काठमाडौं । सन् २०२६ को फेब्रुअरी महिनामा नेपालमा १ लाख ५ हजार ४४१ जना अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको छ । यो तथ्यांक नेपाल पर्यटन बोर्ड (एनटीबी)ले सार्वजनिक गरेको हो, जसमा अध्यागमन विभागको विवरणलाई आधार मानिएको छ ।
पर्यटकको देशअनुसारको विवरण हेर्दा भारतबाट सबैभन्दा बढी २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ११.२ प्रतिशत हो । यसैगरी चीन, संयुक्त राज्य अमेरिका, श्रीलंका, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्ड, बंगलादेश र जर्मनी नेपालका मुख्य पर्यटक स्रोत मुलुकका रूपमा रहेका छन् ।
विस्तृत विवरण अनुसार, संयुक्त राज्य अमेरिकाबाट १० हजार ८१६, चीनबाट ९ हजार ७१०, श्रीलंका ६ हजार ०३५, जर्मनी ५ हजार ६१८, बेलायत ४ हजार १२६, अष्ट्रेलिया ३ हजार ६३८, थाइल्याण्ड ३ हजार २१२ र बंगलादेश २ हजार ८५० पर्यटक नेपाल आएका छन् ।
क्षेत्रगत दृष्टिले हेर्दा दक्षिण एशिया (सार्क राष्ट्रहरू)बाट ३५ हजार ३४८ पर्यटक आए, जसले कुल आगमनको ३३.५ प्रतिशत प्रतिनिधित्व गर्दछ। अन्य एसियाली मुलुकबाट २९ हजार ८५७ (२८.३ प्रतिशत), युरोपबाट १७ हजार ४९३ (१६.६ प्रतिशत), ओसेनियाबाट ७ हजार (५५ ९७.५ प्रतिशत), मध्यपूर्वबाट १ हजार ६८० (१.६ प्रतिशत), अफ्रिकाबाट ९४९ (०.९ प्रतिशत) र अमेरिकाबाट ३४४ (०.३ प्रतिशत) पर्यटक आगमन भएका छन् ।
एनटीबीले विश्लेषण गरेको छ कि छिमेकी देश भारत र चीनबाट ठूलो संख्यामा पर्यटक आउँदा नेपालका धार्मिक, सांस्कृतिक, साहसिक र प्राकृतिक गन्तव्यप्रति अन्तर्राष्ट्रिय आकर्षण बढेको देखिन्छ । यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार, पर्व, चाडपर्व, हिमाल अवलोकन, ट्रेकिङ र साहसिक खेलहरूको आकर्षणले नेपालमा पर्यटकको नियमित आगमन सुनिश्चित गरेको छ । यसैबीच, सरकारले सहज भिसा नीतिहरू, अन्तर्राष्ट्रिय उडान सुविधा र पूर्वाधार सुधारमार्फत पर्यटक आकर्षण बढाउने योजनामा जोड दिएको छ ।