• Menu

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख २८ हजारभन्दा बढीले पाए १० कित्ता

नेपाल प्रफिट

२०८२ फागुन १७, १४:०५

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख २८ हजारभन्दा बढीले पाए १० कित्ता

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ ।

कम्पनीले फागुन ५ देखि ११ गतेसम्म खुला गरेको आईपीओको बाँडफाँट धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड को नक्सालस्थित कार्यालयमा बिहान ८ः३० बजे गरिएको हो ।

बिक्री प्रबन्धकका अनुसार आईपीओमा २६ लाख २० हजार ३४१ जना आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ९५० कित्ता सेयरका लागि आवेदन परेको थियो । तीमध्ये २५ लाख ८० हजार ४७० जनाको २ करोड ७७ लाख ३ हजार ८८० कित्ताका लागि परेको आवेदन स्वीकृत गरिएको छ भने ३९ हजार ८७८ आवेदन विभिन्न कारणले अस्वीकृत भएका छन् ।

सदर आवेदकमध्ये गोलाप्रथाबाट १ लाख २८ हजार ६५० जनालाई न्यूनतम १० कित्ताका दरले कुल १२ लाख ८६ हजार ५ सय कित्ता सेयर बाँडफाँट गरिएको छ । उच्च मागका कारण अधिकांश आवेदक सेयरबाट वञ्चित भएका छन् ।

आईपीओको नतिजा ‘मेरो शेयर’ प्रणाली तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्